१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

दिगो बन व्यस्थापनले देशको आर्थिक विकासमा टेवा पु¥याउछ



मायादेवी अनलाइन, बुद्धभूमि ।

दिगो बैज्ञानिक वन व्यस्थापनले देशको आर्थिक विकासमा टेवा पु¥याउने बताइएको छ ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको त्रिसुली सामुदायिक वनको आठौ साधारण सभामा बोल्दै बुद्धभुमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले सामुदायिक वनले समुदायको विकास गरेको लगानी सराहनिय रहेको बताउनु भयो ।

सरकारले समुदायलाई वन हस्तान्तरण गरे पछि वनको हैसियत राम्रो भएको दाबी गर्नुभयो ।

साधारण सभामा बोल्दै बैज्ञानिक वन महासंघका केन्द्रीय अध्यक्ष रेणु सेनले बैज्ञानिक वन व्यवस्थापनले वनको दिगो विकास हुने बताउनु भयो । वनमा भएका रुखहरुको जिपिएस हुने, रुखहरुको संरक्षण हुने, नयाँ विरुवा उत्पादन हुने हुँदा वनको हैसियत वृद्धी हुने बताउनु भयो ।

सामुदायिक वनका अध्यक्ष निलकुमार श्रेष्ठले सामुदायिक वनको आम्दानीले वन संरक्षण, सडक मर्मत, सडक कालोपत्रे, सडक वत्ती जडान, कम्प्युटर तालिम, विद्यालयलाई सहयोग जस्ता रचनात्मक काम भएको बताउनु भयो । सामुदायिक वनले गत आर्थिक वर्षमा ६६लाख १९ हजार बढी आम्दानी गरेको कोषाध्यक्ष लक्ष्मी न्यौपानेले बताउनु भयो ।

सभामा समाजसेवी विष्णुहरु आचार्य, कलमनाथ थारु, एमाले जिल्ला सचिवालय सदस्य पिताम्वर खनाल, समाजसेवी हिमलाल न्यौपाने, बुद्धभुमि २ नम्बर वडा अध्यक्ष सुरज प्रताप राणा, गौतमबुद्ध बहुमुखी क्याम्पस अध्यक्ष दिनेश बन्जाडेले मन्तव्य राख्नु भएको थियो । सभा वनका सचिव भक्तीराम खनालको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १० पुस २०७९ आइतबार ००:००  १ : ५१ बजे