१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

शिवराजका जनप्रतिनिधि र कर्मचारीहरुले जारी गरे २५ बुद्धे प्रतिबद्धता पत्र



दिपक खड्का, कपिलवस्तु ।

कपिलवस्तुको शिवराज नगरपालिकाले संचालन गरेको दुई दिने क्षमता अभिवृद्धि तालिम पश्चात शिवराज नगरपालिकाले प्रदान गर्दे आएको सेवालाई प्रवाह प्रभावकारी बनाउनका लागि शिवराज नगरपालिकाले २५ बुद्धे प्रतिबद्धा पत्र जारी गरेको प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले जानकारी दिए ।

शिवराज नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि २ दिने तालिम संचालन गरेको थियो। तालिममा जनप्रतिनिधिहरुलाई वडा अध्यक्ष र वडा सदस्यहरुको काम कर्तव्य अधिकार र वडा अध्यक्षलाई कानुनले दिएको ३६ वटा सिफारिस बारे जानकारी दिईएको थियो ।

सामजिक सुरक्षा तथा पञ्जीकरण उप-शाखा अन्तर्गत कस्ता कस्ता विषयको घटना दर्ता कसरी गर्ने बारे समेत छलफल गरिएको पाण्डेले जानकारी दिए ।

तालिमको समापन् शत्रमा शिवराज नगरपालिकाका मेयर अजय थापाले शिवराज नगरपालिकालाई हरेका कार्यमा अगाडी बढाउदै स्माट नगर बनाउने बताए । थापाले यहि शैक्षिक सत्र देखि माध्यमिक तहलाई शिवराज नगरपालिकाले नि:शुल्क गर्ने गरि काम अगाडी बढाएको समेत जानकारी दिए ।

शिवराज नगरपालिकाले वडा न.३ मा पृथ्वी नारायण शाहको शालिक निर्माणको काम संगै धान- खोला देखि शिवपुरमा रहेको नेपाल आदर्श मा.वि र सरस्वती नि मा वि र बन्कसबासाका विद्धार्थीहरुलाई विद्यालय आउन सक्ने वातावरण बनाउनका लागि बालबालिकाहरुलाई यातायातमा इन्धन दिने निर्णय गरेको बताए । जेष्ठ नागरिकर र अपाङ्गता भएका व्यक्तिहरुलाई बैङ्किङ्ग शिविर मार्फत सामाजिक सुरक्षा भत्ता माघ महिना देखि वडा स्तरबाट वितरण गर्ने गरि चन्द्रौटामा रहेका बैङ्कहरु संग छलफल गरि काम अगाडी बढेको बताए ।

मेयर थापाले तालिम पछि जारी गरिएको २५ बुद्धे प्रतिबद्धता पत्र पुर्णरुपमा कार्यान्वयन गरिने र पालिकलाई नमुनाको रुपमा अरु पालिकाका लागि रोल मोडल बनाउने बताए ।

यस्तै कार्यक्रममा उपमेयर शिव कुमारी थारुले सबै जनभावना अनुसार काम गर्नु पर्ने बताइन् । नगरपालिकाले धैरे कानुन बनाइ सकेको र केहि कानुनहरु बनाउने चरणमा रहेको पनि उनले बताइन् ।

कार्यक्रममा बोल्दै शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले स्थानिय सरकारले सु(शासन,विकाश सुशासन र स्थानिय सरकारको मौलिक अधिकार भएकोले तत्काल कार्यपालिकाको बैठकले निर्णय गरि काम गर्न सक्ने र स्थानिय सरकारमा प्रतिनिधि सभा र प्रदेश सभा जस्तो पक्ष र विपक्षको परिकल्पना नगरिएको बताए ।

क्षमता अभिवृद्धि तालिमको सहजीकरण संविधान विद्ध काशीराज दहालले गरेका थिए भने कार्यक्रमको संचालन प्रेम सागर ओलीले गरेका थिए ।

यस्तो छ प्रतिबद्धतापत्र

प्रकाशित मिति : १० पुस २०७९ आइतबार ००:००  ४ : ५७ बजे