१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बाणगंगा मावि गजेहडामा साहित्यिक जागरण अभियान



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा साहित्यिक प्रतिष्ठानले विद्यालय स्तरीय साहित्यिक जागरण अभियान जारी राखेको छ । नेपाली साहित्य प्रति विद्यार्थीलाई मोहित पार्नका लागि बाणगंगा साहित्यिक प्रतिष्ठानले नगर भित्रका विद्यालयमा अभियान थालेको हो ।

जस अनुसार मंगलबार बाणगंगा मावि गजेहडामा अभियान अन्तर्गत कार्यक्रम गरिएको छ । प्रतिष्ठानका अध्यक्ष कृष्ण प्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बाणगंगा माविका प्रधानाध्यापक रामप्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा कक्षा ९ का विद्यार्थी सुबोध ज्ञवालीको अध्यक्षतामा ७ सदस्यिय साहित्यिक बाल क्लब गठन गरिएको छ ।

कार्यक्रममा बोल्ने बक्ताहरुले विद्यार्थीहरुलाई साहित्यमा लाग्नका लागि अभिप्रेरित गर्ने उद्धेश्यले उक्त अभियान थालिएको बताएका थिए ।

सोही अवसरमा प्रतिष्ठानका पूर्व अध्यक्ष नित्यानन्द पाण्डे, सल्लाहकार सूर्य प्रसाद भुसाल, मोहन ज्ञवाली, पूर्व अध्यक्ष तथा बाणगंगा माविका शिक्षक ज्ञानराज अर्याल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सन्चालन प्रतिष्ठानका सचिव कृष्ण प्रसाद न्यौपानेको रहेको थियो ।

प्रकाशित मिति : १२ पुस २०७९ मंगलबार ००:००  ६ : ४७ बजे