१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

जसपाका कपिलवस्तु अध्यक्ष यादवलाई प्रश्न–उपमेयर सुनिता गुप्ताको कारबाही कहाँ पुग्यो ?



मायादेवी अनलाइन, बाणगंगा ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) कपिलवस्तुले नगर उप-प्रमुख सुनिता गुप्तालाई कारबाहीको लागि सिफारिस गरेको छ ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावमा कपिलवस्तु नगरपालिकाको नगर उप-प्रमुखमा निर्वाचित गुप्तालाई कारबाही गर्न माग गर्दै जसपाले प्रदेश समितिमा सिफारिस गरेको हो ।

जसपाबाट चुनाव जितेकी गुप्ताले गत मंसिर ४ को आम चुनावमा पार्टीका उम्मेदवार विरुद्ध लागेको आरोप छ । गुप्ताका श्रीमान सन्जय गुप्ता चुनावको मुखैमा जसपा परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए ।

सन्जय एमाले तिर खुलेरै लागे पछि उप-प्रमुख गुप्ता पार्टीको निगरानीमा रहेकी थिइन् । जसपाबाट प्रतिनिधि सभा २ को प्रदेश सभा ‘२’ मा चुनाव लडेका अब्दुल रसिद खाँलाई उनले सहयोग नगरेको जिल्ला पार्टीको आरोप छ ।

जिल्ला पार्टीले कारबाही गर्न प्रदेशमा सिफारिस गरे पनि अझै निर्णय आइनसकेको अध्यक्ष शैलेन्द्र यादवले बताए ।

गुप्ताले पार्टीबाट चुनाव जितेपनि पार्टी लाइन विपरित काम गरेको पाइएकाले कारबाहीका लागि सिफारिस गर्नुपरेको अध्यक्ष यादवले बताए ।

‘आम निर्वाचनमा खुलेरै एमालेलाई भोट मागेको भेट्यौं । उहाँलाई छानविन गर्नका लागि एक समिति बनाएर दोषि देखिए पछि पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्नका लागि प्रदेश समितिमा पठाएका छौं,’ उनले भने ।

प्रकाशित मिति : १३ पुस २०७९ बुधबार ००:००  २ : ११ बजे