१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

एक दुई महिना भित्रै शिवराजको चोरखोला गाउँमा बिजुली *बल्छः मेयर थापा



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ चोरखोला गाउँमा बिजुली बाल्ने तयारीलाई तिव्र पारिएको छ ।

अझैसम्म अन्धकार रहेको यो गाउँमा बिजुली बाल्ने गरी कामलाई तिव्र पारिएको हो ।

शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले अबको एक दुई महिना भित्रै चोरखोला गाउँमा बिजुली बाल्ने बताए ।

निवर्तमान प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह र आफ्नो पहलमा बिजुली बाल्ने गरी काम भइरहेको उनले बताए ।

‘नेपाल विद्युत प्राधिकरणलाई ताकेता गरेपछि यहाँ काम सुरु भइरहेको छ । अबको एक दुई महिना भित्रै चोरखोला गाउँ अध्यारो मुक्त हुँदैछ’, नगर प्रमुख थापाले भने ।

विद्युतको काम गर्दै कामदारहरु ।

विजुली बाल्नका लागि पोलहरु खसिसकेको उनले बताए । धमाधम काम भइरहेको उनको भनाई छ । आफू नगर प्रमुखमा निर्वाचित भए देखि काममा खटिएको भन्दै नगरबासीको समस्या समाधानमा निरन्तर लागि परेको उनले बताए ।

सिमित साधन स्रोतका कारण सोचेजस्तो तत्काल काम गर्न नसकिए पनि मनै देखि काम गर्न आफू खटिएकाले कुनै शंका नगर्न उनले आग्रह गरेका छन् ।

नकरात्मक सोचलाई सकारात्मक बनाएर अगाडी बढे जुनसुकै काम गर्न सकिनेमा उनको विश्वास छ ।

प्रकाशित मिति : १४ पुस २०७९ बिहिबार ००:००  १२ : ४० बजे