८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

शनिबारको दिन औपचारिक कार्यक्रममा नजाने, नगरबासीको घरआँगनमा जाने मेयर थापाको घोषणा



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले शनिबार कुनै औपचारिक कार्यक्रममा नबोलाउन आग्रह गरेका छन् ।

विहीबार सामाजिक सन्जाल मार्फत जानकारी गराउँदै नगर प्रमुख थापाले शनिबार संघ संस्था र अन्य कुनै पनि औपचारिक कार्यक्रममा आफू नजाने घोषणा गरेका हुन् ।

उनले शनिबारको दिन नगरबासीको घरआँगनमा पुग्ने बताएका छन् ।

नगर प्रमुख औचापरिक कार्यक्रममा पुग्दा पुग्दै दिन सकिने गरेका विगतका मेयरका अनुभव छन् । धेरै औपचारिक कार्यक्रममा जादा आफूले गर्ने काममा बाधा पुगिरहेको पालिका प्रमुखहरुको गुनासो हुने गरेको छ ।

शिवराजका नगर प्रमुख थापाले गरेको उक्त घोषणालाई धेरैले स्वागत गरेका छन् । युवा मेयर थापा गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावमा राप्रपाबाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १४ पुस २०७९ बिहिबार ००:००  २ : ३४ बजे