८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

तिलौराकोटमा भुटानी गुरुहरूको नृत्य



कपिलवस्तु

कपिलवस्तुको प्राचीन एवं ऐतिहासिक स्थल तिलौराकोटमा भुटानी बौद्ध धर्मगुरुहरुले नृत्य प्रदर्शन गरेका छन् । गौतम बुद्धले २९ वर्ष युवापन व्यतीत गरेका थिए जुन उहाँका पिता शाक्य राजा शुध्दोधनका दरबार स्थलमा भुटानबाट आएको ६७ बौध्द धर्मावलम्बीहरुले शुक्रवार धार्मिक नृत्य र वृद्ध मन्त्रोच्चारण गरी नृत्य गर्नुभएको थियो ।

यस समूहमा वृद्ध ८८ वर्ष की फुमा जुन भुटानको बौध्द धर्मावलम्बीहरुको गुरुआमा हुनुहुन्थ्यो उहाँ मन्त्रोच्चारण गरेपछि अन्य भक्तजनहरू तिलौराकोटको वनमा धार्मिक नृत्य गरेका थिए। ८८ वर्षीय बौध्द धर्मावलम्बीको गुरुआमा पहिलो पटक गौतमबुद्ध बसेको ठाउँमा आउन पाउँदा अत्यन्तै खुसी भएको गुरुहरूले बताएका थिए ।

यी भक्तजनहरू ३ वटा बस रिजर्भ गरेर भुटानबाट आएर कपिलवस्तुको गोटिहवा, निग्लिहवा, कुदान, तिलौराकोट आदि स्थानमा धार्मिक मन्त्रोच्चारण गरेका थिए।

प्रकाशित मिति : १६ पुस २०७९ शनिबार ००:००  ५ : १६ बजे