१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

बाँकेमा ट्रकको ठक्करबाट १ जनाको मृत्यु



बाँके ।

ट्रकको ठक्करबाट बाँकेको नेपालगञ्जमा आज एकजनाको मृत्यु भएको छ । नेपालगञ्जको न्यूरोडस्थित भानुभक्त चोकमा ना ७ ख १७ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलयात्री दैलेखको नारायण नगरपालिका–५ का १८ वर्षीय तेजन थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मगरको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १६ पुस २०७९ शनिबार ००:००  ५ : ३२ बजे