८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

एकीकृत समाजवादीले सरकारमा जाने या नजानेबारे निर्णय आज गर्ने



काठमाण्डौ ।

सरकारमा जाने या नजाने विषयमा एकीकृत समाजवादीले आज निर्णय गर्ने भएको छ । आज बस्ने पोलिटब्युरो बैठकले यसबारे निर्णय गर्ने पार्टीले जनाएको छ । हिजो बसेको स्थायी कमिटी बैठकले आज बिहान ११ बजे पोलिटब्युरो बैठक बोलाउने निर्णय गरेको थियो ।

हिजोको बैठकपछि समाजवादीका सम्मानित नेता झलनाथ खनालले नयाँ गठबन्धन खिचडीजस्तो भएको र नीति तथा कार्यक्रमका बारेमा केही थाहा नभएको अवस्थामा सरकारमा जाने वा नजाने विषयका कुनै निर्णय नभएको र पर्ख र हेरको अवस्थामा रहेको बताउनुभयो । उहाँले पोलिटब्युरो बैठकमा पनि सरकारका बारेमा छलफल हुने र आवश्यक निर्णय गर्ने बताउनुभयो ।

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले आज पार्टीको पोलिटब्युरो बैठक बस्ने र निष्कर्ष निकालेपछि समसामयिक राजनीतिक परिस्थितिमा धारणा सार्वजनिक गर्ने बताउनुभयो । उहाँले पार्टी एकता बजार हल्लामात्रै भएको र दुवैतर्फबाट कुनै छलफल नभएको दाबी गर्नुभयो ।

प्रकाशित मिति : १८ पुस २०७९ सोमबार ००:००  ८ : १५ बजे