१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारबाट नबाहिरिने



काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकारबाट नबाहिरिने भएको छ । विहीवार बसेको केन्द्रीय समिति र पार्टी संसदीय दलको संयुक्त बैठकले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयो । बैठक झन्डै चार घन्टासम्म चलेको थियो ।

विहीवारको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीले सन्देश पठाएर सहमतिका लागि दुई दिनको समय मागेकाले दुई दिन कुर्ने निर्णय भएको ढकालले बताउनुभयो ।

प्रकाशित मिति : २० माघ २०७९ शुक्रबार ००:००  ६ : २८ बजे