१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

रुकुम पूर्वमा ६ नाल बन्दुक फेला



रुकुम पूर्व ।
रुकुम पूर्वमा ६ नाल भरुवा बन्दुक फेला परेको छ । सोमवार जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले भूमे गाउँपालिका ३ को तुङबाङ खोलाको जङ्गलमा ६ नाल भरुवा बन्दुक फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) अञ्जना श्रेष्ठका अनुसार जङ्गलमा बन्दुक लुकाएर राखेको भन्दै स्थानीयले दिएको सूचनाको आधारमा खोजी गर्दा ६ नाल बन्दुक फेला परेको हो । सूचनालगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायब निरीक्षक टंकप्रसाद भण्डारीको नेतृत्वमा गएको प्रहरी टोलीले बन्दुक फेला पारेको हो ।

६ थान बन्दुकमध्ये पाँच वटा चल्ने अवस्थामा र एक वटा नचल्ने अवस्थाका रहेका छन् । जङ्गलमा ती बन्दुक कसले र किन राखेको भन्ने विषयमा नखुलेको डीएसपी श्रेष्ठले बताउनुभयो । ती बन्दुक अहिले जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ भने थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९ मंगलबार ००:००  ६ : ३५ बजे