१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव हल्ला मात्र भएको मेटमणि चौधरीको दाबी



काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी)का नेता तथा सांसद मेटमणि चौधरीले माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव हल्ला मात्र भएको दाबी गर्नुभएको छ ।

चौधरीले केही बेर अगाडि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्नुहुँदै राष्ट्रपतिको उम्मेदवार बन्न पार्टी अध्यक्ष माधवकुमार नेपाललाई आधिकारिक प्रस्ताव नआएको र कुनै पनि भेटघाट नभएको दाबी गर्नु भएको हो ।

उहाँ फेसबुकमा लेख्नुहुन्छ, ‘भ्रममा नपरौ । हिजो देखि राष्ट्रपति बिषयमा बजारमा खुबै चर्चा छ तर आज सम्म न कुनै आधिकारिक प्रस्ताव छ न त कुनै भेटघाट । समय समयमा यस्ता अफवाहहरू आउँछ र समयक्रममा त्यो हराएर जान्छ । यसैले कसैले पनि भ्रममा नपरौ । मिडियामा आएको कुनै पनि समाचारमा आाधिकारिकता छैन ।’

सञ्चारमाध्यममा राष्ट्रपतिको विषयमा नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता भएकोबारे समाचार आएको थियो । यस्तै, माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न केपी शर्मा ओलीको प्रस्ताव भन्ने समाचार आएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९ मंगलबार ००:००  २ : १७ बजे