७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा ८८१ जना मतदाता



काठमाडौं ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले बुधबार सो मतदाता नामावली सार्वजनिक गरेको हो ।

कानुनी व्यवस्थाअनुसार संघीय संसदतर्फ ३३१ जना र प्रदेशसभातर्फको ५५० जना गरी सो निर्वाचन प्रयोजनका लागि ८८१ जनाको नामावली सार्वजनिक गरिएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए ।

अन्तिम नामावली फागुन १२ गते अपरान्ह ३ बजेदेखि ४ बजेसम्म सार्वजनिक गर्ने कार्यतालिका रहेको उनले बताए । फागुन ११ गते आज १२ बजेपछि उजुरीमाथि जाँचबुझ गरी अन्तिम नामावली प्रकाशित गरिने निर्वाचन अधिकृत पौडेलले बताए ।

‘राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली तयार गर्ने कानुनी व्यवस्था रहेको उनले जनाए । आज बिहीबार १२ बजेपछि जाँचबुझको प्रक्रिया सुरु हुने उनले बताए । अन्तिम मतदाता नामावली शुक्रबार १२ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म सार्वजनिक हुने उनले बताए ।

राष्ट्रपतिको निर्वाचन फागुन २५ गतेका लागि तोकिएको छ । सो निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ता हुनेछ । उपराष्ट्रपति निर्वाचन चैत ३ गते तोकिएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९ बिहिबार ००:००  ६ : ४२ बजे