१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

कपिलवस्तुमा ४५ ग्राम ब्राउन सुगरसहित एक युवक पक्राउ



मायादेवी अनलाइन, तौलिहवा ।
तौलिहवा– बहादुरगञ्ज सडक अन्तर्गत महाराजगंज नगरपालिका– ६ कन्चनिय पुल नजिकैबाट ४५ ग्राम ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् ।

शिवराज नगरपालिका ४ चनईका २६ बर्षीय दुर्गा जैसवालको साथबाट सो लागू औषध बरामद गरिएको हो ।

कन्चनिया पुल नजिक लु ३७ प ५०७४ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी गस्ति टोलीले रोकी चेकजाँच गर्ने क्रममा सो लागू औषध बरामद भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज ढुंगेलले बताए ।

खानतलासी लिदा १० वटा प्लाष्टिकको पोका बनाई त्यसमा ब्राउन सुगर राखिएको अवस्थामा फेला परेको थियो ।

जैसवालको साथबाट एक थान मोबाइल, नेपाली र एयर टेलको सिम समेत बरामद भएको थियो । पक्राउ परेको युवालाई लागू औषध मुद्धामा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मिन बहादुर घलले बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९ बिहिबार ००:००  ६ : ४७ बजे