७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

यी हुन् मन्त्रिपरिषद् बैठकका १६ निर्णय



काठमाडौँ ।
सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९ सम्बन्धी विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृत दिएको छ । सरकारले यसअघि संसद्‌मा पेस गरिएको विधेयक फिर्ता लिएर नयाँ विधेयक संसद्मा पेस गर्न लागेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारले संवैधानिक परिषद्‌सम्बन्धी ऐन संसद्समक्ष पेश गर्न स्वीकृत प्रदान गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै, बैठकले नेपालको संविधानको धारा ५३ एवम् सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम तयार गरिएको नेपाल सरकारको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको छ ।

बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलाई थाइल्यान्डमा हुने दिगो विकाससम्बन्धी दशौँ एसिया प्यासिफिक फोरममा सहभागी हुन स्वीकृति दिएको छ भने विकास आयोजनाको सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत दिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९ शुक्रबार ००:००  ५ : १५ बजे