६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

बिरामी मृत्युको घटनामा अस्पतालबाट क्षतिपूर्ति भराउन अदालतको आदेश



नेपालगन्ज ।
बाँके जिल्ला अदालतले नेपालगन्ज मेडिकल शिक्षण अस्पतालले एक बिरामीको उपचारमा लापरबाही गरेको ठहर गर्दै २६ लाख १० हजार क्षतिपूर्ति भराउन आदेश दिएको छ ।

नेपालगंज उपमहानगर –२, घरवारीटोलका मनिताल श्रेष्ठको उपचारमा अस्पतालले लापरबाही गरेका कारण बिरामी पतिको मृत्यु भएको भन्दै मृतककी श्रीमती नम्रता श्रेष्ठले ०७६ सालमा क्षतिपूर्ति मुद्दा दायर गरेकी थिइन् ।

ज्वरो आई अस्पतालको इमरजेन्सी वार्डमा लैजाँदा बिरामीको उपचारमा हेलचेक्राईँ गरिएको, सिकारु विद्यार्थीलाई उपचारमा संलग्न गराएको दाबीसहित उपभोक्ता संरक्षण ऐन अनुसार मृतकका परिवारले अस्पताल र उपचारमा संलग्न चिकित्सकका विरुद्ध क्षतिपूर्तिको मुद्दा दायर गरेका थिए ।

बाँके जिल्ला अदालतमा दायर भएको क्षतिपूर्ति मुद्दामा ०७९ फागुन ११ गते सुनुवाइ गर्दै बाँके जिल्ला न्यायाधीश बिदुर कार्कीको एकल इजलासले उक्त फैसला गरेको हो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९ शनिबार ००:००  ६ : २९ बजे