७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

अब वामपन्थी सहकार्य समाप्त भयोः गोकुल बास्कोटा



काठमाडौँ ।
एमाले सांसद तथा प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाले शुक्रबार प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सहमति गरेसँगै अब सरकारमा बामपन्थी सहकार्य समाप्त भएको बताएका छन् । अब एमाले आफ्नै लयमा अघि बढ्नुपर्ने उनको भनाइ छ ।

‘उहिल्यै भन्देको हो–छेपारो र प्रचण्डबीच रंग फेर प्रतियोगीता भए पनि छेपारो नै हार्छ’, बाँस्कोटाले सामाजिक सञ्जालमा टिप्पणी गरेका छन्, ‘उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हुन्छ। अब सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भयो।एमाले आफ्नै लयमा अघि बढ्नु पर्छ।’

उनले उत्साह र आशा दुबै नभएकाले एमाले निराश हुनु पर्ने कारण नरहेको पनि बताएका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९ शनिबार ००:००  ७ : १२ बजे