१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

सडक दुर्घटनामा पत्रकार हितङ्गाको मृत्यु



बुटवल ।
बुटवलका पत्रकार मनोज हितङ्गाको सडक दुर्घटनामा परी मृत्यु भएको छ । गए राति बुटवलको मिलनचोकबाट अस्पताललाईन तर्फ गइरहेका हितङ्गा सवार मोटरसाइकल र अस्पताललाइन तर्फबाट मिलनचोक तर्फ आउँदै गरेको यात्रु बाहक बस बसपार्क नजिकै एक आपसमा ठक्कर खादा उक्त दुर्घटना भएको थियो।

दुर्घटनाबाट गम्भीर घाइते हितङ्गालाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगेकोमा उपचारकै क्रममा निधन भएको प्रहरीले बताएको छ। लामो समयदेखि टेलिभिजन क्यामेरा पर्शनको रूपमा कार्यरत हितङ्गा पछिल्लो समय एनएनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा सम्वाददाताको रूपमा कार्यरत थिए।

पाल्पाको तानसेन नगरपालिकाका स्थायी बासिन्दा हितंगा करिब १५ वर्षदेखि बुटवलको बुद्धनगरमा बस्दै आएका थिए। हितंगाका बुवा,एक श्रीमती २ भाइ रहेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९ आइतबार ००:००  ३ : २२ बजे