११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

शिवराजले दियो मृगौला डाइलोसिस गर्ने बिरामीलाई यातायात सुविधा



दिपक खड्का, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकाले मृगौलाका बिरामीलाई डाइलोसिस गर्न निशुल्क यातायातको प्रबन्ध मिलाएको छ ।

नगर प्रमुख अजय थापाको पहलमा मृगौला पिडितहरुका लागि डाइलोसिस गर्न शिवराजमा निशुल्क यातायातको ब्यवस्था मिलेको हो ।

शिवराज क्षेत्रका मृगौला पीडित डाइलोसिसका लागि बुटवल, भैरहवा पुग्नु पर्न बाध्यता छ । हप्ताको दुई दिन बिरामीले डाइलोसिस गर्नु पर्छ । निशुल्क यातायातको ब्यवस्था नहुँदा बिरामीलाई आर्थिक भारपर्दै आइरहेको बेला नगरबाट सहयोग गरिएको नगर प्रमुख थापाले बताए ।

उनले नगर भित्र रहेका हरेक नागरिकको सुख-दुखमा साथ रहने बताए ।

चालु आवमा शिवराजले दुई लाख छुट्याएर बिरामीका लागि सेवा दिएको मृगौला पीडित समितिका अध्यक्ष विष्णु हमालले बताए ।

विहीवार एक कार्यक्रमका बीच नगर प्रमुख थापा र उप-प्रमुख शिव कुमारी थारुले संयुक्त रुपमा यातायात संचालनको उद्घाटन गरे ।

कार्यक्रममा नगर उप-प्रमुख थारुले शिवराज नगरपालिकाले सदैव नागरिकको हितमा काम गर्ने बताइन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९ शुक्रबार ००:००  ८ : २९ बजे