८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

यी हुन् आफन्तलाई स्वकीय सचिव राख्ने कपिलवस्तुका एमाले सांसद



मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा एमाले कपिलवस्तुबाट प्रतिनिधित्व गर्ने संघीय सांसदले आफ्नै आफन्त स्वकीय सचिव राखेको पाइएको छ ।

एमालेबाट प्रतिनिधिसभा क्षेत्र नं. ३ बाट निर्वाचित सांसद मंगलप्रसाद गुप्ता, समानुपातिक सांसद अमृता अग्रहरी, सिराज अहमद फारुकीले आफ्ना भाई, भतिजा र छोरालाई स्वकीय सचिव बनाएका हुन् ।

संघीय संसद सचिवालयमा गुप्ताले आफ्ना भतिजा बृजेशकुमार गुप्तालाई स्वकीय सचिव बनाएर नाम बुझाएका छन् ।
अग्रहरीले आफ्ना छोरा पवन अग्रहरीलाई स्वकीय सचिव बनाएकी छिन् भने फारुकीले आफ्ना छोरा फौसाफ अहमत खाँलाई स्वकीय सचिव बनाएका छन् ।

फारुकी पार्टीका केन्द्रीय सदस्य समेत हुन् । अग्रहरी चुनावको मुखैमा एमाले प्रवेश गरी समानुपातिक सांसद पड्काएकी हुन् ।
लामो समय पार्टी राजनीति र आन्दोलनमा लागेका निष्ठावान कार्यकर्तालाई अवसर नदिएर सांसदहरुले आफ्नै आफन्तलाई स्वकीय सचिव बनाए पछि एमाले भित्र असन्तृष्टि पैदा भएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९ सोमबार ००:००  ९ : १६ बजे