१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बाणगंगाका बजार अब मंगलबार पनि खुल्ने



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा क्षेत्रका बजार मंगलबार पनि खुल्ने भएका छन् । साप्ताहिक रुपमा बन्द हुँदै आएका बजार अबदेखि मंगलबार पनि खुल्ने भएका हुन् ।

कपिलवस्तु उद्योग बाणिज्य संघले एक सूचना जारी गर्दै मंगलबार हुँदै आएको साप्ताहिक बजार खुल्ला भएको घोषणा गरेको हो ।

संघ अन्तर्गत बाणगंगाका सबै बजार आवद्ध छन् ।

संघका महासचिव मनोज पौडेलद्धारा जारी सूचनामा पछिल्लो समय देशमा देखा परेको अर्थतन्त्रको वर्तमान अवस्थाका कारण उद्योगी व्यवसायीलाई परेको आर्थिक असहजता, घर बहाल, बैंक तथा वित्तिय संस्थाको व्याजदर समेत बुझाउन असमर्थ हुने सिर्जना भएको कुरालाई मध्यनजर गरी साप्ताहिक रुपमा लाग्दै आएको बजार बन्द खुल्ला गरिएको उल्लेख छ ।

बजार बन्द सम्बन्धि प्रभाव तथा व्यवस्थापन कार्यविधि बनाइसकेपछि पुनः बजार बजार बन्दलाई निरन्तरता दिइने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९ बिहिबार ००:००  ९ : ४५ बजे