१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बाणगंगा बहुमुखी क्याम्पसमा बाम-लोकतान्त्रिक गठबन्धन बीच चुनावी तालमेल



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा बहुमुखी क्याम्पसमा बाम-लोकतान्त्रिक गठबन्धन भएको छ । आसन्न चैत ५ गते हुन थालेको स्ववियु निर्वाचनमा बाम-लोकतान्त्रिक विद्यार्थी संगठन बीच चुनावी तालमेल भएको हो ।

बाणगंगामा नेपाल विद्यार्थी संघले सभापति पाएको छ भने अनेरास्ववियूले सचिव र अखिल क्रान्तिकारीले कोषाध्यक्ष लिएर चुनावी सिट बाँडफाँड गरेका छन् ।

शनिबार तीन संगठनले मिलेर उम्मेदवारी दर्ता गरेका छन् । नेविसंघले सभापतिमा सोना पाण्डेलाई उम्मेदवार बनाएको छ । अनेरास्ववियूले सचिवमा छविलाल न्यौपाने र अखिल (क्रान्तिकारी) ले कोषाध्यक्षमा विष्णु पौडेललाई कोषाध्यक्षको टिकट दिएको छ ।

७ प्रत्यक्ष सदस्यमा हुने निर्वाचनमा नेविसंघले चार, अनेरास्ववियूले दुई र अखिल (क्रान्तिकारी)ले एक जनालाई चुनावमा उठाएका छन् ।

समानुपातिक तर्फ भने तीन वटै संगठनले छुट्टा छुट्टै बन्दसूची पेश गरेका छन् । तीन संगठनलाई अखिल क्रान्तिकारी (विप्लव) ले समर्थन गरेको छ ।

यता एमाले निकट अनेरास्ववियुले विकास भट्टराईलाई सभापतिमा उम्मेदवार बनाएको छ । सचिवमा शिशिर पौडेल उम्मेदवार बनेका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९ शनिबार ००:००  ७ : ०१ बजे