५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु



पाल्पा ।
पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको माथागढि गाउँपालिका ६ चिल्लेपानी स्थित झडेवा रहबास भित्री कच्ची सडकमा लु २ ख ११९६ नम्बरको टिपर सडक देखि करिव ४० मिटर तल खस्दा चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका ११ गणेशपुरका ४० वर्षीय विष्णु गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको अर्का एक जना घाइतेको भएका छन्।

गोठादीबाट रहबासमा रहेको चुन ढुङाखानीमा हिँडेको खाली टिपर दुर्घटना हुँदा माथागढी गाउँपालिका ७ झडेवाका ५० वर्षीय हुम बहादुर परियार घाइते भएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र थापाले जानकारी दिए ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९ आइतबार ००:००  ६ : ४३ बजे