१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

गौतमबुद्धमा स्ववियुको पहिलो चुनाव, नेविसंघ-क्रान्तिकारीको प्यानल विजयी



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको गौतमबुद्ध बहुमुखी क्याम्पस बडहरामा स्वतन्त्र विद्यार्थी युनियनको पहिलो चुनाव भएको छ ।

त्रिभुवन विश्वविद्यालयद्धारा सम्बधन प्राप्त गौतमबुद्धमा आइतबार स्ववियु चुनाव भएको थियो ।

बुद्धभूमि नगरपालिका वडा नं. २ मा रहेको यस क्याम्पसमा पहिलो स्ववियुको पहिलो चुनावमा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल विजयी भएको छ ।

वि.सं. २०७३ सालमा पहिलो पटक स्ववियु चुनाव हुन थालेको यो क्याम्पसमा निर्वाचनको अन्तिम समयमा विवाद हुँदा निर्वाचन प्रक्रिया स्थगित भएको थियो।

नेकपा एमाले निकट अनेरास्ववियुलाई हराउँदै नेपाली कांग्रेस निकट नेविसंघका तोयनारायण न्यौपाने अध्यक्षमा विजयी भएका छन् ।

यस्तै यही प्यानलबाट सचिवमा रेनु पौडेल, कोषाध्यक्ष लक्ष्मी थारु विजयी भएका छन् । सदस्यहरुमा तृप्ति खनाल, सुष्मिता गुप्ता, जोसना थारु, राजन बेल्वासे र कृष्ण घले विजयी भएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७९ सोमबार ००:००  ४ : ५० बजे