१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कपिलवस्तु बहुमुखी क्याम्पसमा अनेरास्ववियु विजयी



मायादेवी अनलाइन, बाणगंगा ।

कपिलवस्तु बहुमुखी क्याम्पसमा अनेरास्ववियुका राजेश कुमार अग्रहरी विजयी भएका छन् ।

आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा नेविसंघको संयुक्त प्यानलका संदीप यादवलाई हराउँदै अग्रहरी विजयी भएका हुन् ।

अग्रहरीले ३ सय १५ पाउँदा यादवले २ सय ५७ पाए ।

जिल्ला सदरमुकाम तौलिहवामा अवस्थित यो क्याम्पस जिल्लाको सबैभन्दा पुरानो क्याम्पस हो ।

प्रकाशित मिति : ६ चैत्र २०७९ सोमबार ००:००  ९ : ०४ बजे