१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना !



बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र गुट्दाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना हुने भएको छ । समुदायमा आधारित हरियाली प्रवर्द्धन तथा सरसफाई अभियानको १०० औं शृङ्खला पुगेको अवसरमा नगरलाई खुट्खाजन्य पदार्थमुक्त क्षेत्र घोषणा गरिएको थियो ।

यही चैत्र १ गते गरिएको घोषणा कार्यान्वयनका लागि हिजो मँगलबार एक सूचना जारी गर्दै नगरपालिकाले १५ दिनभित्र त्यस्ता पदार्थहरु राखेका पसल तथा डिलरहरुबाट हटाउन आग्रह गरेको हो ।

सूचना जारी भएको मिति चैत्र ७ गतेदेखि १५ दिनपछि नगरमा कुनै पसल वा डिलरहरुले गुट्खाजन्य पदार्थ विक्रि गरेको भेटिएमा जारिवाना गरिने सूचनामा उल्लेख छ ।

जारी सूचना अनुसार नियम उल्लङ्घन गरेको भेटिएमा डिलर व्यवसायीहरुलाई पहिलो पटक १० हजार, दोस्रो पटक २० हजार तथा तेस्रो पटक भेटिएमा ५० हजार रुपैयाँ जरिवाना गरिने उल्लेख छ ।

यसैगरी खुद्रा पसल तथा अन्य व्यवसायीका हकमा पहिलो, दोस्रो र तेस्रो पटक क्रमशः १ हजार पाँच सय, ३ हजार र ५ हजार जरिवाना गरिने उल्लेख छ ।

प्रकाशित मिति : ९ चैत्र २०७९ बिहिबार ००:००  ६ : २३ बजे