१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

बाणगंगामा ८१.६ प्रतिशतले मात्र खाए हात्तीपाइले रोग विरुद्धको औषधि



दिपिका सुनार, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा सन्चालित हात्तिपाइले रोगविरुद्व औषधि सेवन अभियान सकिएको छ ।

गत फागुन ११ गते देखि सुरु भएको अभियान सकिएको हो । अभियान अन्तर्गत नगरपालिकाभित्र करिब ८१.६ प्रतिशतले मात्र हात्तिपाइले रोगविरुद्वको औषधि सेवन गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिए ।

अब १९ प्रतिशत मानिसले औषधी खान बाँकी रहेको पौडेलको भनाई छ । उनका अनुसार औषधि खान छुटेका अधिकांश किसान र मजदुर छन् । उनीहरु अभियानमा नभेटिएका कारण औषधि खानबाट बञ्चित भएका पौडेलले बताए ।

नगरपालिकाका स्वास्थ्यकर्मी तथा कर्मचारी औषधि खुवाउन प्रत्येक टोल टोलमा पुगेका थिए ।

औषधि खाइसकेपछि टाउको दुख्ने, रिङ्गगटा लाग्ने, वाकवाकी हुने जस्तो समस्या सामान्य भएकाले औषधि सेवनमा कुनै डर मान्नु नपर्ने स्वास्थ्य शाखा प्रमुख पौडेलले बताए ।

प्रकाशित मिति : ९ चैत्र २०७९ बिहिबार ००:००  ६ : ४४ बजे