८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

लागूऔषधसहित पाल्पामा दुई जना पक्राउ



पाल्पा ।
सिद्धार्थ राजमार्ग भएर पोखरा जाँदै गरेका दुई युवालाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ । राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३, दोभान झुम्सामा प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–५, वीरेठाँटीका ३५ वर्षीय संजय मुल्मी र धादिङ जिल्ला तिरपुरा गाउँपालिका–३, मुरचोकका ३७ वर्षीय किरण गजमेर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

राजमार्गको झुम्सा क्षेत्रमा प्रहरी टोलीले शंका लागेर खोजतलास गर्ने क्रममा बुटवलदेखि पोखरा जाँदै गरेको ग ३ च ५९०१ नम्बरको कारबाट लागूऔषध बरामद भएको हो ।

कारबाट नुफिन ५० एम्पुल, डाइजेपाप ५० एम्पुल, डाइचेपाम ५० एम्पुुल, फेनारगन ५० एम्पुल लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जना र कारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७९ आइतबार ००:००  ५ : १३ बजे