१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

बाणगंगा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कमिटी विस्तार, प्रेमलाल भूसाल बने अध्यक्ष



मायादेवी अनलाइन, बाणगंगा ।
राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तुले पार्टी विस्तार अभियान जारी राखेको छ । जस अन्तर्गत बाणगंगा नगरपालिका वडा नं. ३ मा रास्वपाको वडा कमिटी गठन भएको छ ।

शनिवार सम्पन्न वडाको भेलाले प्रेमलाल भूसाललाई सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित गरेको छ ।

यस्तै उपाध्यक्षमा दिल बहादुर थारु, सचिवमा पार्वता ज्ञवाली, कोषाध्यक्षमा ज्ञानेन्द्र प्रसाद पौडेल र सदस्यहरुमा भुवनेश्वर बेल्बासे, सुनिता ज्ञवाली, माया न्यौपाने र अमिता खनाल चयन भएका छन् ।

रास्वपाका केन्द्रीय सदस्य डा. रोम बरालले जनताहरुको आशाको खम्बा राष्ट्रिय स्वतन्त्र पार्टी रहेकाले निस्वार्थ सम्पर्कमा आएका जनताको जनलहर देखा परेको बताए । पुराना दलहरु प्रति जनतामा वितृष्णा बढेको भन्दै सबैको रोजाईमा रास्वपा रहेको दाबी गरे ।

कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश प्रवक्ता कमल पोख्रेलले निस्वार्थ भाबले जोडिन चाहने सबै आम जनतालाई घण्टी साथि बनाएर आआफ्ना गाउँ, टोल, वडा, पालिका, जिल्ला स्तरमा नेपालवाद र संबिधानवादको महाअभियानमा जोड्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १२ चैत्र २०७९ आइतबार ००:००  ७ : १५ बजे