१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गुल्मीमा सुत्केरीले पाएनन् उत्प्रेरणा खर्च



गुल्मी ।
जिल्ला स्वास्थ्य कार्यालयको लापरबाहीका कारण गुल्मीमा सरकारले दिने ‘उत्प्रेरणा खर्च’बाटै सुत्केरी वञ्चित हुन थालेका छन् । स्वास्थ्य कार्यालयले आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिकाबारे प्रभावकारी सूचना प्रवाह नगर्दा उनीहरू उत्प्रेरणा खर्चबाटै वञ्चित हुन थालेका हुन् ।

निर्देशिका अनुसार महिलाले गर्भवती भएको १६ औं हप्ता, २० देखि २४ औं हप्ता, ३२ औं हप्ता र ३६ औं हप्तामा सरकारी स्वास्थ्य संस्थामा स्वास्थ्य जाँच गराएमा गर्भवती उत्प्रेरणा खर्चबापत ८ सय रुपैयाँ दिने व्यवस्था छ । त्यसका लागि स्वास्थ्य संस्थाले मातृ तथा नवशिशु स्वास्थ्य सेवा रजिस्टर तयार गरी कार्डसमेत जारी गर्नुपर्छ । सुत्केरी भएपछि सोही कार्डमा उल्लेख भएको प्रोटोकलअनुसार जाँच गराए÷नगराएको विवरण हेरी उत्प्रेरणा खर्च दिइन्छ ।

चालू आर्थिक वर्षदेखि उक्त प्रोटोकलमा केही परिमार्जन भएको तर उक्त कुरा स्वास्थ्य कार्यालयले स्वास्थ्य संस्थाहरूलाई बुझाउन नसक्दा सुत्केरीहरू उत्प्रेरणा खर्चबाट वञ्चित हुनुपरेको स्थानीय स्वास्थ्यकर्मीको गुनासो छ ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ९ महिनामा १ हजार ५ सय ५१ जना स्वास्थ्य संस्थामा सुत्केरी भएकामा १ हजार ३ सय ५१ जनाले मात्र उत्प्रेरणा खर्च पाएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७९ सोमबार ००:००  ६ : २१ बजे