७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

पाल्पामा एक जना वृद्ध मृत फेला



पाल्पा ।
पाल्पामा एक जना वृद्ध मृत अवस्थामा फेला परेका छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–८ कोहलका ७० वर्षीय रणबहादुर रेश्मी घर नजिकै वृद्ध मृत अवस्थामा फेला परेका हुन् । आइतबार खानेपानीको पाइप बनाउन भनेर घरबाट निस्किएका रेश्मी अबेरसम्म पनि घर नफर्किएपछि आफ्न्तहरुले खोजी गरेका थिए ।

उनीहरूले खोजी गर्ने क्रममा घर नजिकैको भल्टेखानी गैरामा रेश्मीलाई मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । रेश्मीलाई मृत अवस्थामा देखेपछि आफ्न्तले प्रहरीलाई खबर गरेका थिए। खबर पाए लगत्तै प्रहरी चौकी बल्डेङगढी र जिल्लाबाट गएको प्रहरी अनुसन्धान अधिकृतसहितको टोलीले घटनाको प्रारम्भिक अनुुसन्धान गरेको थियो ।

अनुुसन्धान गर्दा माथिबाट ढुुंगा खसेर रेश्मीलाई लागेर मृत्युु भएको हुुन सक्ने जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुुभयो । उहाँका अनुसार मृतकको शवलाई पोष्टमार्टको लागि प्रादेशिक अस्पताल बुुटवल पठाइएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७९ मंगलबार ००:००  ६ : ३२ बजे