२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

अर्घाखाँचीको ठाडामा पाइप बम भेटियो, स्थानीयमा त्रास



अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा नगरपालिका–३ ठाडा साविक आर्मी क्याम नजिकै सडक छेउमा पाइप बम फेला परेको छ ।

टुडिखेलदेखि बर्बोट जाने सडकखण्डको छेउमा स्थानीयले बम फेला पारेका थिए । दैनिक हिँडडुल गर्ने सडकको छेउमा बम फेला परेपछि स्थानीय त्रसित छन् ।

डिस्पोजल नभएको बम सडकको छेउमा फेला परेपछि त्यस क्षेत्रमा मानिस तथा गाइवस्तु आवतजावत गर्न निषेध गरिएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

द्वन्द्धकालमा राखिएको बम पहिरोसंगै सडकमा खसेको हुन सक्ने अनुमान गरिएको छ। स्थानीयले प्रहरीलाई खबर गरेपछि तत्काल इलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरीको टोली त्यस क्षेत्रमा पुगेको थियो ।

पाइप बम फेला परेपछि वरिपरी आवतजावत बन्द गरिएको घटना क्षेत्रमा खटिएका इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक होमनाथ रेग्मीले बताए । द्वन्द्धकालमा नेपाल आर्मीले बम राखेको हुन सक्ने अनुमान गरिएको छ ।

घटनास्थलमा नेपाल आर्मीको बम डिष्पोजल टोली सन्धिखर्कबाट गएको थियो । आर्मीको डिष्पोजल टोलीले बमलाई निस्कृय पारेको जनाइएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९ बुधबार ००:००  ५ : ४९ बजे