१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

तीन प्रदेशमा वर्षाको सम्भावना



काठमाडौँ ।
हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागको मौसम आंशिक देखि सामान्य बदली रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। अन्य प्रदेशको पहाडी भू-भागमा पनि वर्षाको सम्भावना रहेको छ ।

राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। सोमबार पनि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९ आइतबार ००:००  ६ : २४ बजे