७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

धुर्कोट र भरतपुरबीच भगिनी सम्बन्ध कायम



गुल्मी ।
गुल्मीको धुर्कोट गाउँपालिका र भरतपुर महानरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल कुमार पोखरेलले गुल्मीमा एक समारोहका बीच आइतबार समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

समारोहमा धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले समझदारी पत्रमा दुवै स्थानीय तह भित्र रहेका मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरूको महत्त्व र विशेषताका आधारमा दुवै स्थानीय तहबाट प्रचार प्रसार गर्ने, दुवै पालिकामा उत्पादित मौलिक कृषि उपजहरूलाई एक आपसमा बजारीकरण गर्न सहयोग गर्ने, लगायतका मद्दत पुग्ने बताएका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०७९ आइतबार ००:००  ८ : १० बजे