१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

दुग्ध विकास संस्थानको अनुगमनमा कृषि मन्त्री भुसाल, तत्काल कमिकमजोरी हटाउन निर्देशन



काठमाडौं ।
कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले दुग्ध विकास संस्थानको मंगलबार स्थलगत निरिक्षण गर्नुभएको छ ।

निरिक्षणको क्रममा मन्त्री भुसालले दुग्ध विकास संस्थानले गरेका कामहरु प्रति चासो व्यक्त गर्नुभएको थियो ।

निरिक्षण पछि पदाधिकारी र कर्मचारीलाई निर्देशन दिदै मन्त्री भुसालले तत्काल संस्थानमा देखिएका कमिकमजोरी हटाउन निर्देशन दिनुभएको छ ।

उहाँले संस्थानलाई किसानको भुक्तानीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभयो ।

पछिल्लो समय संस्थान निरन्तर घाटामा गएको प्रति गम्भीर चिन्ता व्यक्त गर्दै मन्त्री भुसालले किन यस्तो भएको तत्काल जवाफ दिन निर्देशन दिनुभएको छ ।

‘प्राइभेट डेरीहरु नाफामा जाने, सरकारी संस्थान निरन्तर घाटामा जाने किन यस्तो भएको छ ? मन्त्री भुसालले प्रश्न गर्दै भन्नुभयो, ‘प्राइभेट डेरीसंग प्रतिस्पर्धा गर्ने गरी काम गर्नुस् ।’

संस्थान पछिल्लो समय निरन्तर घाटामा गएको तथ्याङ्क छ । पाँच बर्ष अगाडी नाफामा गएको संस्थान अहिले किन घाटामा गइरहेको छ, मन्त्री भुसालको गम्भीर चासो थियो ।

संस्थानलाई उहाँले तत्काल आर्थिक र प्राविधिक योजना पेश गर्न समेत निर्देशन दिनुभएको छ । दुग्ध विकास संस्थान अपरिहार्य रहेको उल्लेख गर्दै यसलाई व्यवस्थित बनाउनुपर्नेमा मन्त्री भुसालले जोड थियो । साथै संस्थानले दुधका परिकारलाई थप विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

संस्थान २ सय २० लिटर दुध लिन ३ सय ५० किलोमिटरको दुरीमा जाने गरेको समेत पाइएको छ । यो किन भइरहेको हो, यसको जवाफ दिन उहाँले निर्देशन दिनुभएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७९ मंगलबार ००:००  ३ : ३७ बजे