३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते



दाङ ।
प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते छन्। घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

मंगलबार बिहान ८ बजेतिर माण्डवी गाउँपालिका–५ रम्दीमा ट्र्याक्टर दुर्घटनामा परी नौबहिनी गाउँपालिका–१ ठूलागाउँका २५ वर्षीय दुर्गा विकको मृत्यु भएको छ।

जिल्ला प्रहरी प्रमुख डिएसपी सुवास खड्काले चेरनेटा–रम्दी सडकको नाला बनाउनका लागि गिट्टी बालुवा बोकेर खोलातर्फ जाँदै गरेको रा १ त ४१५६ नम्बरको ट्र्याक्टर दुर्घटनाका घाइते विकको जिल्ला अस्पताल बिजुवारमा पुर्‍याएको केहीबेरमै मृत्यु भएको थियो।

चालक नौबहनीकै विक्रम परियारको अवस्था गम्भीर रहेको डिएसपी खड्काले बताए।

जिल्ला अस्पतालको प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ।

घटनाका अन्य दुई घाइतेको भने जिल्ला अस्पतालमै उपचार भइरहेको छ।

अनियन्त्रित भई ट्र्याक्टर दुर्घटनामा भएको र सडकदेखि करिब ७० मिटर तल खसेको डिएसपी खड्काले बताए।

प्रकाशित मिति : २८ चैत्र २०७९ मंगलबार ००:००  ४ : ०२ बजे