१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

न्यायाधीश भुवन गिरी गोँगबुबाट पक्राउ



काठमाडौं ।
जिल्ला अदालत कपिलवस्तुमा कार्यरत न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् ।

मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गिरीलाई पक्राउ गरेको हो ।

वैवाहिक बलात्कारको आरोप लागेका उनलाई गोँगबुको पवित्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले लोकपथलाई जानकारी दिए ।

‘न्यायाधीश कार्कीलाई गोँगबुको पवित्रनगरबाट पक्राउ गरिएको हो ।’ कार्कीले लोकपथसँग भने ।

गिरीलाई उनकै पत्नी आरती गिरी रावलले उनीविरुद्ध वैवाहिक बलात्कारको आरोपमा जाहेरी दिएकी थिइन् ।

उनलाई कपिलवस्तु नै पठाउने तयारी गरिएको कार्कीले बताए ।

‘उहाँलाई जहाँबाट मुद्दा चलेको छ त्यही पठाउने तयारी भइरहेको छ ।’ कार्कीले भने ।

प्रकाशित मिति : २८ चैत्र २०७९ मंगलबार ००:००  ५ : ०० बजे