१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पाल्पामा बसले स्कुटरलाई ठक्कर दिँदा १ जनाको ज्यान गयो



पाल्पा ।
पाल्पामा शुक्रवार दिउँसो बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।

पाल्पा–बुटवल सडक खण्डको तिनाउँ गाउँपालिका ३ को फुलगैरामा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक बगनासकाली गाउँपालिका ६ यम्घाका ४३ वर्षीय रामचन्द्र न्यौपानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

गुल्मीबाट बुटवलका लागि छुटेको लु १ ख ४८४७ नम्बरको बसले त्यही दिशातर्फ जाँदै गरेको लु ७७ प १९६ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । बसका चालकलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८० शुक्रबार ००:००  ७ : ५३ बजे