१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

तौलिहवा-बहादुरगंज सडकखण्डको अतिक्रमण हटाइयो



कपिलवस्तु ।
कपिलवस्तु नगरपालिका अन्तर्गत तौलिहवा-बहादुरगंज सडकखण्डको वडा नम्बर ४ कोदोहवा चोकमा रहेको सडक अतिक्रमण हटाइएको छ ।

कोदाहवा चौराहाको सडक क्षेत्रमै घर टहरा र टङ्की भएका कारण दुर्घटना बढ्दै गएपछि सडक अतिक्रमण हटाउन नगरपालिकाले बैशाख १४ गते निर्णय गरिएको थियो ।

नगरपालिको जेसीबीले अतिक्रमण गरी बनाइएका घर टहरा हटाएको हो । अतिक्रमण हटाउन कपिलवस्तु नगरपालिकाका कर्मचारी नेपाल प्रहरी, सशस्त्र प्रहरी, हुलाकी सडक र बाणगंगा सिचाई प्रणालीका कर्मचारीहरू जेसीबी लिएर आइतबार बिहान चौराहामा पुगेका थिए ।

सडक अतिक्रमण गरी बनाइएका ५ घरटहरा तथा सरकारी र बाणगंगा सिंचाई प्रणालीको जग्गामा बनाइएका ७ घरटहरा समेत हटाइएको नगरपालिकाका इन्जिनियर राजेश सैनीले बताए । यस अघि २ पटक सम्म नगरपालिकाले कोदाहवामा रहेको अतिक्रमण खाली गर्न सूचना जारी गरे पनि त्यसको बेवास्ता गरिएको थियो ।

नगरपालिकाले पटक पटक सूचना जारी गर्ने र खाली गर्न आग्रह गर्दा समेत बेवास्ता गरेपछि बाध्य भएर यो कदम चाल्नु परेको मेयर सुदीप पौडेलले बताए । ‘ दिनहुँ जसो चौराहामा दुर्घटना हुने गर्थ्यो तर अब भने त्यहाँ दुर्घटनामा कमी हुन्छ’ उनले भने । अतिक्रमण हटाउने कार्यमा कोदाहवा चौराहावासीले समेत साथ दिएका थिए । प्रजीअ शङ्कर हरि आचार्यले कोदाहवा जस्तै अन्य स्थानको अतिक्रमण समेत हटाइने बताए ।

प्रकाशित मिति : १७ बैशाख २०८० आइतबार ००:००  ६ : १२ बजे