४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

अर्घाखाँचीमा भिरबाट खसेको ढुङ्गाले लागेर एक महिलाको मृत्यु



अर्घाखाँची

अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका – ७ सुपादेउरालीमा भीरबाट खसेको ढुङ्गाले लागेर एक जना महिलाको ज्यान गएको छ । सुपादेउराली मन्दिर परिसरमा माला प्रसादहरुको पसल सञ्‍चालन गर्दै आएकी सन्धिखर्क नगरपालिका–७, बागमारा निवासी ३५ वर्षीय कल्पना थापाको पसलमा बसिरहेकाे बेला एक्कासी माथिबाट खसेको ढुङ्गाले लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होम रेग्मीले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो।

वितग ३ वर्षदेखि उनले सुपादेउराली मन्दिर परिसरमा पूजाका सामग्रीको व्यवसाय गर्दै आएकी थिइन् । पसल बाहिर बसिरहेको अवस्थामा माथिबाट खसेको ढुंगाले एक्कासी लाग्दा उनको घटनास्थलमै ज्यान गएको छ भने पसलमै रहेकी उनकी छोरी भने सामान्य घाइते भएकोले सन्धिखर्क जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८० बुधबार ००:००  ८ : ५३ बजे