७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

शितगंगामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु



अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शितगंगा नगरपालिका वडा नम्बर–४, रातामाटामा बारी जोत्ने क्रममा ट्याक्टर पल्टिएर च्याँप्दा कोप्चेबास निवासी चालक राजु भनेर चिनिने मानबहादुर नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

भिरालो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिएको र नेपालीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले बताए ।

प्रकाशित मिति : २५ बैशाख २०८० सोमबार ००:००  ८ : २२ बजे