१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

अर्घाखाँचीमा भिर माहुरीले चिलेर पाँच जना घाइते



अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क–८,किमडाँडामा भिरमाहुरीले चिलेर ५ जना घाइते भएका छन् ।

सन्धिखर्क–२ र ८ को सिमानाको खरबारीमा खन्युको घाँस काट्ने क्रममा भिर माहुरीले स्थानीयलाई चिलेको थियो ।

घाइते पाँच जनाको अहिले जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी निम रानाले बताउनु भयो ।

प्रकाशित मिति : २५ बैशाख २०८० सोमबार ००:००  २ : ५२ बजे