६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

रुकुम पश्चिममा भएको जीप दुर्घटनामा पाँच जनाको ज्यान गयो



रुकुम पश्चिम ।
रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका-८ दुलीमा भएको जीप दुर्घटनामा पाँच जनाको ज्यान गएको छ । १० जना घाइते भएका छन् ।

सानीभेरी गाउँपालिका-५ हाँसुबाट खलङ्गाका लागि छुटेको लु १ ज १७४७ नम्बर जीप दुलीको मोचेखोलामा आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा चार जनाको घटनास्थलमै र एक जनाको उपचारको लागि अस्पताल लैजाने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनाम सानीभेरी गाउँपालिका-५ का ४८ वर्षीय देउचन खत्री, ७० वर्षीय कर्ण बाँठामगर, बाँफीकोट गाउँपालिका-८ की २२ वर्षीया रेखा केसी खनाल र उहाँका २२ दिनको छोरा रोशन केसीको ज्यान गएको हो। त्यस्तै, सानीभेरी गाउँपालिका ५ कै २३ वर्षीया शीतला कुसारीको अस्पताल ल्याउने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णु कुमार श्रेष्ठले बताउनु भयो ।

यस्तै, घाइतेमध्ये चार जनालाई हेलिकप्टरमार्फत् उपचारका लागि कैलालीको नेपालगञ्ज शिक्षण अस्पताल लगिएको छ। सानीभेरी गाउँपालिका-५ का ४० वर्षीय प्रेम बाँठा मगर, २२ वर्षीय ललित बाँठा मगर, २ वर्षीय प्रसिद्ध कुसारी र २० वर्षीया अनिता केसीको नेपालगञ्जमा उपचार भइरहेको छ । अन्य घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८० बिहिबार ००:००  २ : ३५ बजे