१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

रोल्पामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु



काठमाडौं ।
रोल्पाको सुनिलस्मृति गाउँपालिका–२, चतुर्भुज मोडमा शनिवार साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्युठानको स्वर्गद्वारी नगरपालिका–८, धनचौरका १६ वर्षीय सागर सापकोटा रहेका छन् ।

दुर्घटनामा घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारको क्रममा शनिवार बेलुकी सवा ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिवार साँझ साढे ६ बजे लु ८७ प २०६८ नम्बरको मोटरसाइकल स्टार्ट गरेर घुमाउने क्रममा सडकबाट करिब ३५ मिटर तल खसेको जनाइएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८० आइतबार ००:००  ९ : ३४ बजे