१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

बाँकेमा बसले कारलाई ठक्कर दिँदा २ जनाको ज्यान गयो



बाँके ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै बसले कारलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ ।

मङ्गलवार धनगढीबाट पूर्व जाँदै गरेको मे १ ख ३३३५ नम्बरको बसले काठमाण्डौबाट कोहलपुर आउँदै गरेको बा १ ३च ८२५३ नम्बरको कारलाई ठक्कर दिँदा कार चालकसहित दुई जनाको घटनास्थलमा ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

दुर्घटनामा कार चालक गोरखाको आँपपिपलका सुवास अधिकारी र रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ बस्ने डा। सञ्जु खाती खड्काको ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक ९डीएसपी० सुन्दर तिवारीले जानकारी दिनुभयो ।

प्रहरीले कारलाई ठक्कर दिने बसलाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८० बुधबार ००:००  ९ : ०७ बजे