१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

रुपन्देहीमा दुर्घटनामा परी दुई युवाको मृत्यु



बुटवल ।

बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शनिबार बुटवलबाट कपिलवस्तु तर्फ जादै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको हो ।

तामनगर स्थित कोरियन टेक्निकल कलेज नजिक भएको दुर्घटनामा परी गुल्मी मालिका गाउँपालिका अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका ८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थीको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ

प्रकाशित मिति : २० जेष्ठ २०८० शनिबार ००:००  ९ : ४१ बजे