१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आज सार्वजनिक बिदा



बिष्णु कुमार आले, अर्घाखाँची ।
नगरको नामाकरण भएको दिनको अवसरमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले आज आइतबार सार्वजनिक बिदा दिएको छ ।

नगरपालिकाको वडा नम्बर २ ढाकावाङमा रहेको भूमेकास्थान मन्दिरको नामबाट नगरपालिकाको नाम भूमिकास्थान राखिएको कारण आइतबार पालिकास्तरका सरकारी तथा गैर सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिइएको नगर प्रमुख झबिलाल थापाले जानकारी दिनु भयो ।

नगरपालिकाको नामाकरण भएको दिन सार्वजनिक बिदा दिने नगरको ११ औं नगर सभाले निर्णय गरेको थियो । उक्त निर्णयलाई कार्यान्वयन गर्दै आइतबार बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद पोख्रेलले बताउनु भयो ।

जेठे पूर्णिमाको दिन ढाकावाङ्गमा रहेको भुमेकाथान मन्दिरमा बिशेष पुजाआजा,भजनकृतन र पञ्चेबाजा सहित नाचगान गर्ने परम्परा रहेको छ । उक्तदिन अर्घाखाँची लगायत छिमेकी जिल्ला गुल्मी, प्युठान, कपिलवस्तुबाट दर्शननार्थीहरू आउने गर्दछन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०८० आइतबार ००:००  ९ : ०९ बजे