१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

करिम बेन्जिमा साउदी प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित



काठमाडौं ।
फ्रान्सेली फरवार्ड करिम बेन्जिमा रियल मड्रिडबाट बाहिरिएपछि साउदी अरबको प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भएका छन् ।

३५ वर्षीय बेन्जिमाले इतिहादसँग तीन वर्षको सम्झौता गरेका छन् । बेन्जिमाले १४ वर्षपछि रियल छाडेका थिए ।

बालोन डीओर विजेता बेन्जिमा सन् २००९ मा लियोनबाट रियल आएका थिए । बेन्जिमाले रियलबाट पाँच च्याम्पियन्स लिग र चार ला लिगा उपाधि जितेका छन्।

उनले रियलका लागि ३ सय ५४ गोल गरेका छन् । उनी क्रिस्टियानो रोनाल्डोपछि रियलको दोस्रो सर्वाधिक गोलकर्ता पनि हुन् ।

रियलमा ४ सय ५० गोल गरेका रोनाल्डो अर्को साउदी क्लब अल–नासरबाट खेल्छन् ।

अर्जेन्टिनी खेलाडी लियोनल मेस्सी पनि साउदी क्लबमा अनुबन्ध हुन सक्ने चर्चा छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८० बुधबार ००:००  ७ : १७ बजे