१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

नगरस्तरीय हाजिरीजवाफ प्रतियोगीताको उपाधि पारीजातलाई



बाबुराम रायमाझी, बुद्धभूमि ।
कपिलवस्तु बुद्धभूमि नगरपालिकाको अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगीताको उपाधि पारीजात पब्लिक स्कूल गोरुसिंगेले जितेको छ ।

बुधबार गोरुसिंगेस्थित गौतमबुद्ध माध्यमिक विद्यालयमा सन्चालित नगरस्तरीय हाजिरी जवाफ प्रतियोगीताको उपाधि पारीजातले जितेको हो । उपाधि जित्ने पारीजातले नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै प्रतियोगीतामा आर्दश इंग्लिस बोर्डिङ स्कूल इमिलिया दृतिय भएको छ । लगातार छैठौं संस्करणसम्म प्रतियोगीतामा भाग लिदैं आएको आर्दशले दृतिय स्थान हासिल गरेको हो ।

जनकल्याण मावि बरकुलपुर तृतिय हुँदा नर्थ प्वाइन्ट एकेडमी पथ्थरकोट सान्त्वना स्थान आउन सफल भएको छ । प्रतियोगीतामा नगर भित्रका सरकारी र निजी गरेका १३ विद्यालयको सहभागीता रहेको थियो ।

प्रतियोगीतामा बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले प्रतियोगीलाई पहिलो प्रश्न सोधेर कार्यक्रमको उद्घाटन गरेका थिए । नगर प्रमुख श्रेष्ठले विद्यार्थीहरुमा बौद्धिक विकासका लागि सबै पक्षको ज्ञान हुनु अवाश्यक रहेको बताए । आफूले हरेक बर्ष यो कार्यक्रम राख्दै आएको भन्दै यसले विद्यार्थी विद्यार्थी बीचको आत्मियतालाई समेत बढवा दिने जनाए । ज्ञानको लागि किताब मात्र नभएर विभिन्न रचनात्मक कार्यक्रम पनि जरुरी पर्ने भन्दै नगरपालिकाले हरेक बर्ष यस्ता कार्यक्रम गर्दै आएको उनले बताए ।

कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्णप्रसाद भट्टराईले विद्यार्थीहरुमा बौद्धिक विकासका लागि सामान्य भन्दा सामान्य कुराको पनि ज्ञान हुन अवश्यक रहेको बताए ।

मायादेवी मिडिया ग्रुपका अध्यक्ष हरि अधिकारीको सहजिकरणमा भएको प्रतियोगीताको स्वागत मन्तव्य निर्देशक दिपक अनुरागीले राखेका थिए ।

प्रकाशित मिति : २५ जेष्ठ २०८० बिहिबार ००:००  ५ : २० बजे