१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

समाजवादी प्रेस सङ्गठनको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित



काठमाडौं ।
समाजवादी प्रेस सङ्गठन, नेपालको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित हुनुभएको छ । हिजो शनिवार र अस्ति शुक्रवार दुई दिन काठमाण्डौमा आयोजित सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनले सुवेदीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

आइतवार बिहान सम्पन्न अन्तिम मतपरिणामअनुसार सुवेदी प्रतिस्पर्धी भूपराज खड्कालाई २८ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । सुवेदीले १ सय ४७ मत प्राप्त गरी विजयी हुँदा खड्काले १ सय १९ मत प्राप्त गर्नुभयो। अध्यक्षका अर्का प्रतिस्पर्धी राघव साहले १५ मत प्राप्त गर्नुभयो।

यसैगरी खुला उपाध्यक्षमा नवराज छत्कुल्ली, महिला उपाध्यक्षमा अस्मिता गिरी, उपाध्यक्ष सुदूरपश्चिममा नरेन्द्र भट्ट विजयी हुनुभएको निर्वाचन समितिका सदस्य नारायण सुवेदीले जानकारी दिनुभयो । महासचिवमा रामकुमार एलन विजयी हुनुभयो ।

उपमहासचिवमा प्रेम गौतम, प्रतिज्ञा बुढामगर र लेखनाथ सिकारु विजयी हुनुभएको छ । सचिव खुलामा शिवप्रसाद ढुङ्गाना, अनिल शाही तथा पूर्णबहादुर कार्की विजयी हुनुभएको छ ।

यसैगरी सचिव (महिला) मा कान्ति न्यौपाने, सचिव ९दलित० मा प्रदीप नेपाली र कोषाध्यक्षमा कृपा भण्डारी विजयी हुनुभएको निर्वाचन कमितिले जनाएको छ ।

त्यस्तै, सुदूरपश्चिम उपाध्यक्षमा नरेन्द्र भट्ट निर्वाचित हुनुभएको छ । उपत्यका उपाध्यक्षमा कृष्णराज गौतम, एसोसिएटरप्रतिष्ठान उपाध्यक्षमा तेजप्रसाद वाग्ले सर्वसम्मत निर्वाचित हुनुभएको छ । यसैगरी अन्य प्रदेशमा पनि सर्वसम्मत उपाध्यक्ष चयन हुनुभएको निर्वाचन समितिका सदस्य सुवेदीले जानकारी दिनुभयो ।

शुक्रवार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्नुभएको राष्ट्रिय सम्मेलनले १५ बुँदे विशेष समसामयिक प्रस्तावसमेत पारित गरेको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८० आइतबार ००:००  १२ : ५१ बजे